भदौ १८ । बलिउडका चर्चित अभिनेता शक्ति कपुरको आज जन्मदिन। १९५२ सेप्टेम्बर ३ मा दिल्लीमा जन्मिएका शक्तिले आज आफ्नो ६८ औं जन्मदिन मनाउदैछन्।
जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ। धेरैजसो कमेडी फिल्ममा देखिने उनले हालसम्म ७ सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन्।
उनको वास्तविक नाम सुनील दत्त हो। तर उनले आफ्नो नाम परिवर्तन गरेर शक्ति कपुर राखेका थिए। भारतीय मिडियाका अनुसार उनले पहिले दिल्लीमा सिलाइको काम गर्ने गर्दथे। उनी फिल्ममा प्रबेश गर्नुको कारण भने अनौठो छ।
उनी एक हिरोको गाडीसँग ठोक्किन पुग्दा कलाकार बनेका थिए। उनी अभिनेता फिरोज खानको गाडीसँग ठोक्किएका थिए। त्यस दिनदेखी नै उनको जीवन नै बदलीयो। उनले भने ‘मुम्बईमा मेरो कार एक मर्सिडिज कारसँग ठोक्किएको थियो, जब म बाहिर निस्किएँ त एक अग्ला र सुन्दर व्यक्तिलाई अगाडि देखेँ।
त्यस समय उनले आफुलाई एक रोल दिन पनि आग्रह गरेका थिए। त्यसपछि उनले फिल्म कुर्बानी मा एक रोल पाएका थिए। उनलाई बलिउडका भेलेन पनि भन्ने गरिन्छ। पुराना फिल्महरुमा उनको भेलेन को रोल धेरैमा भेटिन्छ।


























