काठमाडौं, भदौ १८ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले रेडमी इयरफोन सार्वजनिक गरेको छ। यो रेडमी अडियो श्रेणी लाइनअपमा नेपालमा सार्वजनिक भएको दोस्रो उत्पादन हो।
इकोसिस्टम उत्पादनको फोर्टफोलियो इकोस् अन्तर्गत ब्राण्डले पहिले नै मी ट्रु वायरलेस इयरबड्र्स, मी इन-इयर हेडफोन बेसिक र मी इयरफोन सार्वजनिक गरिसकेको छ। कम्पनीले रेडमी ब्राण्ड अन्तर्गत पहिलो अडियो-रेडमी इयरबड्र्स एस समेत सार्वजनिक गरिसकेको छ। हाल हाई-रेस प्रमाणित रेडमी इयरफोन सार्वजनिक गरेको हो।
हाई-रेस अडियोद्वारा प्रमाणित रेडमी इयरफोनमार्फत अधिक प्राकृतिक र यर्थाथपरक आवाज सुन्न सकिन्छ। रेडमी इयरफोन कालो, निलो र रातो रंगमा उपलब्ध हुनेछ। यसको मुल्य ७ सय ४९ रहेको छ र देशभरका आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाईन च्यानलमा छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ।
Facebook Comments


























