काठमाडौं, भदौ १७ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कोरोना संक्रमति दुई जनाको मृत्यु भएको छ।
अस्पतालका डाक्टर सविन थपलियाका अनुसार काठमाडौंका काठमाडौंका ७५ वर्षका पुरुष र तनहुँकी २० वर्षकी महिलाको मृत्यु भएको हो।
डा.थपलियाका अनुसार काठमाडौंका पुरुषको मंगलबार बेलुका मृत्यु भएको हो। ती पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो। ती पुरुषलाई भदौ १५ गते अस्पतालको कोभिड आइसोलेसनमा भर्ना गरिएको थियो।
मृतक तनहुँकी महिलामा बाथ रोग र मिर्गौला सम्बन्धी रोग रहेको थियो। उनलाई भदौ १६ गते कोरोना पुष्टि भएपछि कोभिड वार्डमा राखेर डाइलाइसिस गरिएको थियो। उनको मंगलबार अपरानह्न साढे ४ बजे मृत्यु भएको हो।
डा थपलियाका अनुसार त्रिवि शिक्षण अस्पतालमा हाल ७३ जना संक्रमित उपचारत छन्। जसमा ६८ जना आइसोलेसन र ५ जना आइसीयुमा छन्।
Facebook Comments


























