सिन्धुपाल्चोक, भदौ १६ । सिन्धुपाल्चोकको जुगल ३ लिदिमा गत साउन ३० गते गएको पहिरोमा परी बेपत्ता भएकामध्ये थप ३ जनाको शव फेला परेको छ। यसअघि ३३ जनाको शव भेटिएको थियो। बस्तीमाथिबाट आएको पहिरोमा अझै तीन बेपत्ता छन्।
दुई पुरुष र एक महिलाको शव आज फेला परेको डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेको हो।
योसँगै पहिरोमा ज्यान गुमाउनेहरुको संख्या ३६ पुगेको छन्। पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन्।
Facebook Comments


























