चितवन, भदौ १४ । चितवनमा उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका छन्।
सुरक्षाका अधिकतम उपायहरु अपनाएर उद्योग, व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धतासहित निषेधाज्ञा हटाउन माग गर्दै विभिन्न १६ व्यवसायिक संगठनका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइसमक्ष ज्ञापन पत्र बुझाएका छन्।
पटक पटकको निषेधाज्ञाले आपूर्ति श्रृंखला टुट्न जाने र मानिसमा रोगभन्दा पनि भोक र तनाबले गम्भीर अवस्था आउने भन्दै गम्भीर ध्यानाकर्षण गराएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बताए।
Facebook Comments


























