धरान, भदौ १४ । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना भाइरसका कारण आमा छोराले ज्यान गुमाएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि ती आमाछोरालाई शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको थियो।
दुवैको कोरोना संक्रमणका कारण एकैदिन मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार छोराको बिहान ७ः४५ मा र आमाको ८ः३० मा मृत्यु भएको हो।
आमाछोरा दुवैमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ। मृतक दुवैजनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
Facebook Comments


























