बुटबल, भदौ १४ । लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालले एक विज्ञपति जारी गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको हो।
अस्पतालका अनुसार ती पुरुषलाई आज बिहान ४ बजेर ३५ मिनेटमा अस्पताल ल्याएको थियो। ती पुरुषको आजै मध्यान्ह १२ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।
ती पुरुष मुटु, मधुमेह र उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ।
Facebook Comments


























