कास्की, भदौ १३ । पोखरामा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा–१४ निवासी ५८ वर्षीय पुरुषको शनिबार बिहान ११ बजे निधन भएको हो।
गत भदौ ७ मा शल्यक्रिया गरिएका ती बिरामीको ८ गते नमुना परीक्षणको लागि पठाइएकोमा भदौ १० मा कोरोना पुष्टि भएको थियो।
कोभिड–१९ संक्रमित पुष्टिपछि उनलाई सोही दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना गरिएकोमा शनिबार मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा.अर्जुन आचार्यले विज्ञप्तिमार्फत जनाएका छन्।
प्रतिष्ठानमा उपचाररत बिरामी मध्ये कोरोनाबाट मृत्यु हुने उनी सातौं हुन्। गण्डकीमा यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। पोखरामा शुक्रबार मात्रै एक संक्रमितको मृत्यु भएको थियो।
Facebook Comments


























