सिरहा, भदौ १३ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।
सिरहाको भदैया–६ का उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिपछि भदौ ६ गते ती पुरुषलाई प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए।
भदौ ७ गते पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो। डा.सापकोटाका अनुसार मिर्गौलाका रोगी रहेका ती पुरुष लामो समयदेखि डायलसिससमेत गराउँदै आएका थिए।
Facebook Comments


























