चितवन, भदौ १३ । चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिला रहेकी छिन्। उनको शनिवार बिहानउपचारको क्रममा मृत्यु भएको हो।
डायलाइसिस गर्न साउन २७ गते चितवन मेडिकल कलेज आएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोनाबाट मृत्यु भएकी महिलामा मिर्गौला रोगको पनि समस्या रहेको बताइएको छ।
महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ। यसअघि शुक्रबार पनि चितवनमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको पुष्टि भएको थियो।
Facebook Comments


























