चितवन, भदौ १२ । चितवनमा कोरोना संक्रमित अर्का एक पुरुषको पनि मृत्यु भएको छ। भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत् गोरखाको आँबुखैरहनी–१३ का ३८ वर्षीय पुरुषको शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
भदौ ६ गतेदेखि उपचाररत् ती पुरुषमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा लक्षणसहितको कोरोना संक्रमण देखिएको थियो।
कोरोना भाइरस संक्रमणबाट चितवनमा शुक्रबार एकै दिन तीन जनाको मृत्यु भएको छ। यसअघि भरतपुरकै चितवन मेडिकल कलेजमा उपचाररत् वृद्धा र पुष्पाञ्जली अस्पतालमा उपचाररत् पुरुषको मृत्यु भएको थियो।
Facebook Comments


























