भदौ ११ । विश्व नम्बर एक नोभाक जोकोभिक वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन्।
न्युयोर्कमा भएको क्वाटरफाइनलमा जर्मनीका जान-लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिकले अन्तिम चारमा स्थान बनाएका हुन्।
सर्बियन स्टार जोकोभिकले ३४ औं वरियताका स्ट्रुफमाथि ६-३ र ६-१ को सहज जित निकाले।
३३ वर्षीय जोकोभिकले अब स्पेनका रोबर्ट बाटिस्टासँग खेल्ने छन्।
रोबर्टले रुसका ड्यानीयल मेदभेदेबलाई १-६, ६-४ र ६-३ ले पराजित गरे।
महिलातर्फ बेलायती नम्बर एक टेनिस खेलाडी जोहान्ना कोन्टाले सेमिफाइनलमा स्थान बनाएकी छिन्।
कोन्टाले ग्रिककी मारिया साक्करीलाई ६-४ र ६-३ ले पराजित गरिन्।
सेमिफाइनलमा कोन्टाले भिक्टोरिया अजरिन्कासँग खेल्ने छिन्। एजेन्सी
Facebook Comments


























