काठमाडौं, भदौ १० । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा फेक अकाउन्ट खोलेर आफ्नाबारे गलत सूचना सम्प्रेषण भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर भ्रम सृजना गरिएको उनको भनाई छ।
‘मेरो फेक अकाउन्ट खोली विभिन्न समाचारहरु सम्प्रेषण भएकाले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु’, घिसिङले आफ्नो फेसबुक अकाउन्टमा लेखेका छन्।
मंगलबारको मन्त्रिपरिषद बैठकले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त गरेको समाचार भाइरल बनेको थियो। तर पछि उक्त समाचार तथ्यहिन र गलत रहेको पुष्टि भएको थियो।
घिसिङको नाममा खोलिएको फेक ट्विटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुगेको थियो।
Facebook Comments


























