काठमाडौं, भदौ १० । पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत ती पुरुषको मंगलबार राति साढे ९ बजे बजे मृत्यु भएको हो।
यसअघि मंगलबार राति बाँकेमा पनि एक ३७ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
Facebook Comments


























