काठमाडौं, भदौ ९ । सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका सिईओ कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि पुन नियुक्ति गर्ने बारे कुनै निर्णय नभएको उर्जामन्त्री बर्षमान पुनले बताएका छन्। मन्त्री पुनले घिसिङको कार्यकाल लम्ब्याउनेबारे मन्त्रिपरिषदमा कुनै प्रस्ताव समेत नलगिएको बताए।
मन्त्रिपरिषद्को बैठक जारी रहेपनि यसबारे कएजेण्डा नरहेको बताईएको छ। कुलमानको पुन कार्यकाल थपिएको भन्दै सामाजिक सञ्जालमा खुसीयाली छाएको छ। यतिबेला फेसबुक लगायतका सामाजिक सञ्जालहरु कुलमानलाई दिईएका बधाई र शुभकामनाका सन्देशहरुले रंगिएका देख्न सकिन्छ।
कुलमान प्राधिकरणको सिईओ नियुक्त, हुनुपुर्व नेपालमा चर्को लोडसेडिङ थियो। उनी आएपछि अध्यारोबाट नेपाल उज्यालो बनेको थियो।
उनको कार्यकाल यही भदौ २९ गते सकिँदैछ। उनलाई सोही पदमा पुन दाहोर्याउनु पर्ने माग गर्दै जनआवाज तिब्र बढ्न थालेको छ।


























