चितवन । भरतपुर काेभिड-१९ परीक्षण प्रयाेगशालामा गरिएकाे परीक्षणबाट चितवनका ४० सहित ४४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। मंगलबार राति सार्वजनिक गरेकाे रिपाेर्टअनुसार कुल २१८ वटा नमुना परीक्षण हुँदा चितवनकाे भरतपुर महानगरपालिकाकाे वडा नं. १,२, ४, ५, ७, ९, १०, ११, १२, १५ र १६ का १६ पुरुष र २० महिलासहित रत्ननगर नगरपालिकाकाे वडा नं.१, ६ र १३ का दुई महिला र एक पुरुष तथा खैरहनी १ का एक पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
यस्तै धनुषा, रुपन्देही, तनहुँ र नवलपुरका एक/एकजनामा पनि काराेना संक्रमण पुष्टि भएकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशाला प्रमुख डा नीतु अधिकारीले बताइन्। स्वास्थ्य कार्यालय चितवनकाे तथ्यांकअनुसार मंगलबार राति थप ४० जनामा संक्रमण पुष्टि भएसँगै चितवनमा मात्रै काेराेना संक्रमितकाे संख्या ४४० पुगेकाे छ। तीमध्ये पनि भरतपुर महानगरपालिकाभित्र मात्रै संक्रमितकाे संख्या २८३ पुगेकाे छ।


























