काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसका सांसद गगन थापाले अहिले व्यवस्था भएबमोजिम खाद्यान्न पसल दिनको १/२ घण्टा मात्र खोल्न दिँदा झन् भिडभाड बढेकाले व्यवस्थित गर्न सुझाव दिएका छन्। पसल बिहान ६ देखि राति ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने गर्दा घर पिच्छे सामान पनि पाइने र भीड कम हुने उनको सुझाव छ।
काठमाडौं उपत्यकामा बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा आइतबार काठमाडौं महानगरपालिका कार्यालयमा गएर प्रमुख र महानगरका स्वास्थ्य विभागका प्रतिनिधि लगायतसँग छलफल गरी विभिन्न सुझाव दिएको उनले फेसबुकमार्फत जानकारी दिएका छन्।
थापाले कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण नभएको बताउँदै सबैको टेस्ट वार्डरटोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन गर्न भनेका छन्।


























