भदौ ८ । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ।
पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो।
स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए।
उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका हुन्।
पहिलो हाफमा भने दुबै टोलीले गोलको अवसर खेर फालेका थिए।
खेलको १८ औं मिनेटमा एमबाप्पेको पासमा नेयमारको प्रहार बायर्नका गोलरक्षक नोयाले उत्कृष्ट बचाउ गरे।
खेलको २२ औं मिनेटमा अग्रता बनाउन चुक्यो। रोबर्टो लेवान्डोस्कीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल पोस्टमा लाग्दै फर्किएको थियो।
त्यसको एक मिनेटपछि एन्जल डी मारियाले काउन्टर मुभमा गोल गर्न सकेनन्। पेनाल्टी क्षेत्र भित्रबाटको डी मारियाको प्रहार आकासिएको थियो।
यस्तै ३१ औं मिनेटमा लेवान्डोस्कीको उत्कृष्ट हेड प्रहार पीएसजीका गोलरक्षक केलर नाभासले उत्कृष्ट बचाउ गरेका थिए।
यस सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ।
यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २००१३ मा उपाधि जितेको थियो।
यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ।
सेमिफाइनलमा बायर्नले लियोनलाई हराएको थियो भने पीएसजीले आरबी लाइपजिगलाई हराएको थियो। एजेन्सी


























