भदौ ८ । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर मिरालिम पियानेचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ।
बार्सिलोनाले मिडफिल्डर मिरालिमलाई कोरोनाको संक्रमण देखिएको पुस्टि गरेको छ।
३० वर्षीय मिडफिल्डरलाई शनिबार कोरोना पुस्टि भएको बार्सिलोनाले जनाएको छ।
‘स्वास्थ्यमा असहज भएपछि गरिएको पीसीआरमा मिरालिम पियानेचको पोजेटिभ आएको छ,’ बार्सिलोनाले भनेको छ, ‘खेलाडीको स्वास्थ्य ठिक र घरमै आइसोलेसनमा बसेका छन्।’
यस सिजनको अन्त्यसँगै बार्सिलोनाले युभेन्ट्सबाट उनलाई अनुबन्ध गरेको थियो।
बोस्निया एण्ड हर्जगोभिनाका मिडफिल्डलाई बार्सिलोनाले घरेलु मैदानमा सार्वजनिक समेत गरेको छैन।
अब आगामी सेप्टेम्बर ७ भन्दा अगाडी उनी बार्सिलोनाको अभ्यासमा सामेल हुने छैनन्।
सन् २०१६ मा रोमाबाट युभेन्ट्स आएका उनले टुरिनमा ४ सिरी ‘ए’ र २ कोपा इटालिया जितेका थिए। एजेन्सी
Facebook Comments




















