पोखरा, भदौ ७ । कास्कीमा निषेधाज्ञाको समयावधि ५ दिन बढाइएको छ। पोखरा महानगरपालिकामा समुदायममा कोरोना संक्रमण देखिएपछि भदौ २ गतेदेखि ६ गते अर्थात् आइतबार राति १२ बजेसम्मको लागि लागू गरिएको निषेधाज्ञा बढाएर भदौ १२ गतेसम्म लम्ब्याइएको हो।
महानगरको आइतबार बिहान बसेको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले संक्रमित बढिरहेकाले १२ भदौसम्म बन्दाबन्दीलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै निषेधाज्ञा लम्ब्याउन जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो। जिल्ला प्रशासन कार्यालयले महानगरको सोही सिफारिस अनुमोदन गरेको हो।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले भदौ १२ गतेपछि निषेधाज्ञा जारी गर्न नपरोस् भन्नका लागि बैंक तथा वित्तीय क्षेत्र, वर्कसपहरु लगायतका ठाउँहरु व्यवस्थित गर्ने तयारीमा जुटेको जानकारी दिए।
Facebook Comments


























