काठमाडौं, भदौ ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने प्रतिवद्धता जनाएको छ।
दिनरात नभनी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने मन्त्रालयले प्रतिवद्धता जनाएको हो।
साउन ३० गते चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.विश्वबन्धु बगालेको घरमा कोरोना संक्रमित भन्दै केही व्यक्ति ब्यानर टाँस्न पुगेको थिए।
यस्तै, शनिबार बिहान सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको ठाउँमा स्थानीयहरुले हुल हुज्जत गरेका थिए।
उनीहरु सबैलाई कारबाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। दोषि सबैलाई कानूनी कारबाही हुने मन्त्रालयले प्रतिवद्धता जनाएको छ।
स्वास्थ्यकर्मीलाई यस किसिमको दुव्र्यवहार नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ।




















