भदौ ७ । बेलायती खेलाडी एन्डी मर्रेले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनमा विजयी सुरुवात गरेका छन्।
न्युयोर्कमा भएको पहिलो खेलमा मर्रेले अमेरिकन खेलाडी फ्रान्सेस टियाफोएलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन्।
सुखद सुरुवात गर्ने क्रममा मर्रेले घरेलु खेलाडीमाथि ७-६ (८-६), ३-६ र ६-१ को जित निकाले।
घरेलु टोलीलाई हराउँन उनले २ घण्टा २८ मिनेटको समय लगाए।
मर्रे लामो समयपछि प्रतिस्पर्धात्मक खेलमा फर्किएका हुन्। सन् २०१९ को नोभेम्बरपछि मर्रेले प्रतिस्पर्धात्मक खेल खेलेका हुन्।
मर्रेले यस प्रतियोगितालाई युएस ओपनको तयारीको रुपमा लिएका छन्। युएस ओपन अगस्ट ३१ बाट सुरु हुनेछ।
पूर्व विश्व नम्बर एक मर्रेले अब दोस्रो चरणमा जर्मनीका एलेक्जेन्डर जेभेरेजसँग खेल्ने छन्। एजेन्सी
Facebook Comments


























