भदौ ७ । फ्रेन्च लिग वान फुटबलमा रेनस र लिलले आफ्नो पहिलो खेलमा बराबरी खेल्दै अंक बाडेका छन्।
शनिबार राति भएको खेलमा रेनस र लिलले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।
लिलको मैदान भएको खेलमा दुबै टिम पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो।
खेलको ३५ औं मिनेटमा साचा बोईले रातो कार्ड पाउँदा रेनस १० खेलाडीमा समेटिएको थियो।
खेलको ४० औं मिनेटमा जोनाथन बाम्बाले गोल गर्दै लिललाई अग्रता दिलाए। तर, ४३ औं मिनेटमा रेनिल्डोले रातो कार्ड पाएपछि लिल पनि १० खेलाडीमा समेटियो।
खेलको ७४ औं मिनेटमा डामिन डा सिल्भाले गोल गर्दै रेनसलाई १-१ गोलको बराबरीमा फर्काए। त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो।
एक अंक जोडेको रेनस दोस्रो र लिल तेस्रो स्थानमा रहेको छ।
अर्को खेलमा एन्जर्सले डिजोनलाई १-० ले हराएको छ।
एन्जर्सको जितमा स्माइल ट्राओरेले निर्णायक गोल गरे।
एन्जर्स ३ अंक जोडेको शीर्ष स्थानमा रहेको छ। एजेन्सी


























