काठमाडौं, भदौ ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले आज अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले अपराह्न पौने ५ बजे प्रतिवेदन बुझाएको जनाएका छन्।
पार्टीको विवाद समाधानका सूत्र पहिल्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए। कार्यदल गठनको निर्णय सचिवालय बैठकले अनुमोदन गरेको थियो।
कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए। पार्टीका तीन पक्षको प्रतिनिधित्व हुने कार्यदल गठन भएको थियो।
कार्यदलले सर्वसम्मतिले प्रतिवेदन तयार पारेको थापाले जनाएका छन्।
Facebook Comments


























