भदौ ६ । गूगलले अनलाइनमा रोजगारी, उत्पादन र खाना खोज्न थप सहज बनाएको छ। गूगलले यसअघि मोबाइल ‘एक्टिभिटी कार्ड’ भन्ने फिचर ल्याएको थियो।
जसमार्फत आफूले गरेको सर्चलाई पुरानै स्थानबाट सुरु गर्न सकिने सुविधा दिएको थियो। अब त्यसैमा कम्पनीले रोजगारी, खानाका परिकार र अनलाइन शपिङलाई समेत समावेश गरेको छ।
अब गूगलको एक्टिभिटी कार्डको मद्दतबाट तपाईंले सर्च गरेका सम्पूर्ण प्रडक्ट एकै स्थानमा देख्न सकिनेछ। यतिसम्म कि तपाईंले सर्च गरेका प्रडक्टसँग मिल्ने अर्को प्रडक्टलाई दाँजेर समेत गूगलले देखाउनेछ।
त्यस्तै जब एक्टिभिटी कार्डले तपाईंलाई मिल्दो जुल्दो रोजगारीको अवसर देखाउने छ। जसमा यसअघि तपाईंले सर्च गरेको मितिदेखिको रोजगारीको विवरण संकलन गरिने कम्पनीले जनाएको छ।
यसो हुँदा तपाईंले धरै अवसर फेला पार्न सक्नुहुनेछ। त्यस्तै खानालाई लक्षित गर्दै ल्याइएको एक्टिभिटी कार्डले मोबाइलबाट सर्च गर्दा तपाईंले सर्च गरेको परिकारसँग मिल्ने परिकारलाई मात्रै देखाउने कम्पनीले जनाएको छ। एजेन्सी




















