काठमाडौं, भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन अनुरोध गरेका छन्। तीजको अवसरमा शुक्रबार ट्विटमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन आग्रह गरेका छन्।
‘यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ। त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन’, प्रधानमन्त्रीले भनेका छन्।
उनले विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन्।
सरकारले बुधबार रातिदेखि काठमाडौं उपत्यकामामा निषेधाज्ञा जारी गरेको छ। त्यस्तै, देशभरका कैयौं स्थानमा पनि विभिन्न खालका कडाई गरिएको छ।
Facebook Comments


























