काठमाडौं, भदौं ४ । कोरोना महामारी झन तीब्र बनेसँगै अग्रपक्तिमा रहेर सुरक्षा, उद्धार र सचेतनालगायतका काम गर्दै आएका सुरक्षाकर्मी आफै कोरोना संक्रमित हुने क्रम बढेको छ।
अहिलेसम्म दुई डीआईजीसहित नेपाल प्रहरीमा ७४१ जनामा कोरोना संक्रमण देखिइसकेको छ। जसमध्ये ४५७ जना सक्रिय संक्रमित छन् । २८४ जना उपचारपछि डिस्चार्ज भएका छन्।
प्रहरी प्रधान कार्यालयमा कार्यरत १६९ र उपत्यकाका ३८ जना सक्रिय संक्रमित छन्।
प्रदेश– १ मा २९, प्रदेश २ मा ६२, वाग्मती प्रदेशमा ४८, गण्डकीमा ४३, प्रदेश ५ मा ५५, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ६ जना सक्रिय संक्रमित रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका छन्।
पछिल्लो समय प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी देखिएको छ।
Facebook Comments


























