चितवन, भदौ ४ । चितवनमा मास्क नलागाई हिंड्ने र सवारीसाधनमा सामाजिक दुरी कायम नगर्ने व्यक्तिलाई प्रहरीले जरिवाना गरेको छ।
चितवन प्रहरीले बुधवार उनीहरुबाट स्वास्थ्य सुरक्षा नअपनाएको तथा मास्क नलगाएको भन्दै रू ४० हजार ४०० जरीवाना गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मास्क नलगाई हिंड्ने १९५ जना र सामाजिक दुरी कायम नगर्ने १५ जनालाई कार्वाहीस्वरुप जरिवाना गरिएको हो।
ती मध्ये मास्क नलागाई हिंड्ने १७१ पुरुष र २४ जना महिला रहेका छन् भने सामाजिक दुरी कायम नगर्ने १५ जना पुरुष छन्। निशेधाज्ञाको समयमा र अन्य समयमा गरी जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएर जरिवाना तिराएर छाडिएको प्रहरी प्रमुख नान्तिराज गुरुङ्गले जानकारी दिए।
निशेधाज्ञासंँगै चितवन प्रशासनले थप कडाई गर्दै लगेको छ। निशेधाज्ञा खुलेको समयमा पनि नागरिकलाई नजिकको पसलमा किनमेल गर्न र अत्यावश्यकका काम बाहेक सवारीसाधन नचलाउन प्रशासनले आग्रह गर्दै आएको छ।


























