काठमाडौं, भदौ ४ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको हो।
यस्तै तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य पनि घटेर तोलामा १३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Facebook Comments


























