सिन्धुपाल्चोक, भदौ ४ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ।
योसँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ। बेपत्ता ११ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।
पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो।
गत शुक्रबार बिहान गएको पहिरोमा ३९ जना बेपत्ता भएका थिए। हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन्। तीमध्ये १४ बालबालिका छन्।
Facebook Comments


























