चितवन, भदौ ३ । जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन्।
उनलाई प्रहरीले मङ्गलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो। ८५ सुर्तीका प्याकेटमा प्याक गरि बिक्री गर्ने अवस्थामा घरभित्र लुकाइ राखेको अबस्थामा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार गुरुङलाई थुनामा राख्न आजै जिल्ला अदालतबाट सात दिनको समय थप गरि अनुसन्धान शुरु गरिएको छ। रासस
Facebook Comments


























