काठमाडौं, भदौ ३ । नेपाली बजारमा आज सुनको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ४०० रुपैयाँमा स्थिर छ।
यस्तै, तेजाबी सुन पनि प्रतितोला ९९ हजार ९०० मा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेर एक हजार ३७५ कायम भएको छ।
Facebook Comments


























