नवलपुर । देवचुली नगरपालिका १७ स्थित कुलेनी टाेल विकास संस्थाले टाेलभित्र कसैकाे घरमा पाहुना आएकाे थाह पाएमा ६ हजार रुपैयाँ जरिवानासहित कारवाही गर्ने निर्णय गरेकाे छ। टाेल विकास संस्थाले साेमबार सूचना जारी गर्दै कसैकाे घरमा अन्य क्षेत्रबाट पाहुन आए जरिवानासहित कारवाही गर्ने जनाएकाे हाे। साथै आफ्नाे नगरपालिकाबाट अन्य नगरपालिका जान र आउन पनि पूर्ण बन्देज लगाएकाे छ।
भदाै १ गतेदेखि ८ गतेसम्मकाे लागि सम्पूर्ण उद्याेग, कलकारखाना तथा व्यापार व्यवसायसमेत बन्द गर्ने निर्णय गरेकाे छ। यस्तै घरायसी सामान खरिद गर्नकाे लागि बिहान ७-१० र साँझ ५-७ बजेसम्म मात्रै बाहिर निस्कन पाइने निर्णय भएकाे टाेल विकास संस्थाका अध्यक्ष तिलकबहादुर थापाद्वारा जारी सूचनामा उल्लेख छ।

Facebook Comments


























