काठमाडौं, भदौ १ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई अपिल गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणको ३५ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्रीपुनले निजी क्षेत्रको लगानी सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
निजी क्षेत्रबाट उत्पादित बिजुली सरकारले खरिद गर्ने र बजारको व्यवस्था मिलाउने मन्त्री पुनको भनाइ थियो।
सरकारले विद्युत उत्पादनगर्न अनुमति प्रदान गर्ने तर, खरिद सम्झौता (पीपीए) नहुने भन्ने हुनै नसक्ने मन्त्री पुनको प्रष्टोक्ति छ। ‘लगानीगर्नुस्, भनेर लाइसेन्स दिएपछि पीपीएन गर्ने भन्ने हुँदैन। तपाईंहरु लगानीगर्नुस्। म विश्वास दिलाउन चाहन्छु सरकारले पीपीए गर्छ’, मन्त्रीपुनले भने, ‘निजी क्षेत्रले उत्पादन गरेको विद्युत्खरिद गरेर बजारको व्यवस्था गछौँ। यो सरकारले प्रतिबद्धता हो।’
उनले उत्पादित बिजुली देशभित्रै घरेलु बजारमा खपत नभए क्षेत्रीय बजारको व्यवस्थागर्ने बताए। स्वतन्त्रऊर्जा प्रवद्र्धकहरुको संस्था (इपान) ले जलविद्युतमा निजी क्षेत्रको ७ खर्ब लगानी रहेको बताउँदै आएको चर्चा गर्दै मन्त्रीपुनले लगानी डुब्न नदिने प्रतिबद्धता जनाए।
हालसम्म विद्युत प्राधिकरणले सात हजार मेगावाटको विद्युत खरिद सम्झौता गरेको र २१ हजार मेगावाटको सर्भे लाइसेन्स जारी भएको जानकारी उनले दिए।
यस्तै थप सातहजार विद्युत उत्पादनका लागि लाइसेन्स मागभएको मन्त्रीपुनले जानकारी दिए। मन्त्री पुनले व्यवसायीहरुलाई पनि जोखिम मोल्न तयार हुन र आत्मा नुशासित बन्न सुझाव दिए।
लकडाउनका समयमा समेत चिनियाँ, भारतीय, जापानिज र कोरियन कम्पनीले जलासययुक्त र नदीप्रवाहमाआधारित ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा दर्शाएको जानकारी मन्त्रीपुनले दिए।
‘लकडाउनका समयमा पनि ठूला जलासययुक्त रन अफ द रिभर आयोजानमा लगानी गर्ने इच्छा देखाएर विदेशी लगानीकर्ता आइरहेका छन्’, मन्त्रीपुनले भने, ‘विदेशी कम्पनी लगानीका लागि आइरहेका बेला नेपाली लगानी कर्ता उत्साहित भएर लाग्नुपर्छ।’ उनले स्वदेशीलगानीकर्तालाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको पनि स्पष्ट गरे।


























