भदौ १ । भारतीय पूर्वक्रिकेट खेलाडी चेतन चौहानको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ। चौहान भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी हुन्।
ब्याट्सम्यान चौहानको आइतबार ७३ वर्षको उमेरमा निधन भएको हो। उनलाई गत जुलाईमा कोरोनाको संक्रमण देखिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। त्यसै क्रममा उनको निधन भएको हो।
चौहानले २२ वर्षको उमेरमा न्युजिल्यान्डविरुद्ध १९६९ मा डेब्यु गरेका थिए। चौहान भारतका लागि एक उत्कृष्ट क्रिकेट खेलाडीका रूपमा स्थापित थिए।
उनले भारतका लागि ४० टेस्ट र ७ एकदिवसीय खेलेका थिए। सन् १९६९ देखि १९८१ सम्म उनले भारतका लागि २ हजार २३७ रन बनाएका थिए। चौहान क्रिकेट प्रशिक्षकको भूमिकासँगै व्यवस्थापकका रूपमा पनि स्थापित भएका थिए। उनी राजनीतिमा पनि सक्रिय थिए। एजेन्सी
Facebook Comments


























