भदौ १ । बोरुसिया डर्टमण्डले प्रि–सिजनको तयारीमा खेलिएको मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ।
आईतबार राति डर्टमण्डले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा अष्ट्रिया विनमाथि ११–२ को जित निकालेको हो।
डर्टमण्ड सिजनको तयारीका लागि अष्ट्रिया भ्रमणमा रहेको छ।
डर्टमण्डको जितमा म्यान्चेष्टर युनाईटेडले अनुबन्धको प्रयास गरिरहेको जाडोन साञ्चोले समेत गोल गरे। ईङ्ल्याण्डका विङ्गर दोस्रो हाफमा मैदान छिरेर गोल गरेका हुन्।
जर्मन क्लब डर्टमण्डले नयाँ खेलाडी जुड बेलिंगहमलाई समेत मैत्रीपूर्ण खेलमा उतारेको थियो। उनले समेत डर्टमण्डका लागि गोल गरे।
जियोवन्नी रेयनाले सुरुवातमै दुई गोल गर्दा बाँकी नौ खेलाडीले खेलमा गोल गरेका थिए।
डर्टमण्डले दोस्रो हाफमा प्लेईङ सेटमा सबै खेलाडी परिवर्तन गरेको थियो। सोही अनुसार दोस्रो हाफमा साञ्चो र बेलिंगहम मैदान छिरेका थिए। एजेन्सी
Facebook Comments


























