साउन ३२ । रुसले कोरोना भाइरसको भ्याक्सिनको तेस्रो चरणको परीक्षण शुरु गर्ने भएको छ। एन.एफ गमालेया संघीय अनुसन्धान केन्द्रद्वारा निर्मित कोरोना भाइरसविरुद्वको भ्याक्सिनलाई तेस्रो चरणको परिक्षणमा लगिने भएको हो।
भ्याक्सिनको तेस्रो चरणको परिक्षण सात देखि दश दिनभित्र शुरु गर्ने खोप निर्माता कम्पनीका निर्देशक एलेक्जेन्डर गिन्ट्सबर्गले रुसी सञ्चार माध्यम तासलाई जानकारी गराएका हुन्। तेस्रो चरणको परिक्षणमा दशौँ हजार मानिसहरु सहभागी हुने भएको जनाइएको छ। भ्यक्सिनको मापडण्ड पूरा गरी यसलाई परिक्षणको दायरामा ल्याउन रुसी स्वास्थ्य मन्त्रालयको अनुमतिको पर्खाईमा कम्पनी रहेको जनाइएको छ। मन्त्रालयलले तेस्रो चरणको परिक्षण गर्नदिन साकारात्मक रहेको कारण अगामी साताबाट खोपको परिक्षण शुरु गर्ने जनाइएको छ।
भ्याक्सिनले मान्यता पाउँनासाथ करिब दशौँ हजार मानिसहरु तेस्रो चरणको परिक्षणमा सहभागी हुने कम्पनीका निर्देशकले जनाएका छन्। गमालेया अनुसन्धान केन्द्रद्वारा निर्मित स्पुटनिक भी भ्याक्सिन कोरोनाविरुद्व पहिलो खोप हो। उक्त भ्याक्सिनलाई अनुमोदन रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले साउन २५ मा गरेका थिए। रुसी स्वास्थ्य मन्त्रालयले हिजो मात्रै भ्याक्सिनको उत्पादन गर्न अनुमति दिएको थियो।


























