कञ्चनपुर, साउन ३२ । कञ्चनपुरमा सर्पले टोकेर एक बालकको ज्यान गएको छ।
यहाँको महाकाली नगरपालिका वडा नम्वर ४ मा ७ वर्षका आदेश बुढालाई सर्पले टोकेपछि मृत्यु भएको हो। घरमा सुतिरहेका बेला सर्पले डसेपछि उनलाई उपचारका लागि महाकाली अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारकै क्रममा बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।
Facebook Comments


























