काठमाडौं, साउन ३२ । कोरोना भाइरसका कारण पूरै विश्व नै तहसनहस भइरहेको छ। नेपालमा पनि यसको प्रभाव परेको छ।
यदि कोरोना महामारी हुँदैनथ्यो भने यतिबेला कलाकारहरु विभिन्न कार्यक्रममा व्यस्त हुन्थे। हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको रौनक चौतर्फी हुन्थ्यो।
टोलटोलमा गीतहरु घन्किरहेका हुन्थे। तर, लकडाउन र कोरोना भाइरस संक्रमण जोखिमका कारण फाटफुट मात्र तीजका गीत बजेको सुनिन्छ।
कोरोनाका कारण कतै पनि तीज लागेको छैन। अर्कातिर यो बेलामा देश तथा विदेशमा उत्तिकै व्यस्त हुने कलाकारहरु पनि होम क्वारेन्टिनमा बसिरहेका छन्।
यसपटक तीजका गीत पनि पहिलेको तुलनामा कम रिलिज भएका छन्। तीजको रमाइलो कोरोनाका कारण इन्टरनेटमा मात्र सीमित भएको छ।
Facebook Comments


























