साउन ३२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबेर्ट ट्रम्पको निधन भएको छ।
७१ बर्षिय रोबेर्ट ट्रम्पको न्युयोर्कस्थित एक अस्पतालमा निधन भएको राष्ट्रपति ट्रम्पले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।
राष्ट्रपति ट्रम्पले आफ्ना भाईको निधनप्रति दुख व्यक्त गर्दै उनी आफ्नो भाई मात्र नभएर असल साथि समेत भएको बताएका छन्।
राष्ट्रपति ट्रम्प यस अघि न्यूयोर्कस्थित अस्पताल पुगेर आफ्ना भाई भेट गरेका थिए।
रोबेर्टको न्युयोर्कस्थित प्रेसबियटेरियन अस्पतालमा उपचार भइरहेको थियो।
उनी केहि महिना देखि विरामी रहेको बताइएको छ। एजेन्सी
Facebook Comments


























