साउन ३१ । राष्ट्रपति असरफ घानीले दुई दिनअघि मात्र तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका थिए। उनले ईदको अवसरमा तीन दिने नयाँ युद्धबिराम सुरु भएसंगै यस्तो आदेश दिएका थिए।
अफगान सरकारले जेलमा रहेको कम्तिमा ४ हजार ६ सय तालिबानीलाई जेलमुक्त गरिसकेको छ। अफगान सरकारले अझै जेलका रहेका ४ सय तालिबानीलाई भने जेलमुक्त नगर्ने भएको छ।
सयुक्तराज्य अमेरिकासंग गत फेब्रुवरीमा तालीवानी सरकारले गरेको सम्झौतामा अफगानीस्तानमा रहेको ५ हजार तालिबानीलाई जेलमुक्त गर्ने सहमति भएको थियो।
सहमति बमोजिम अफगानस्तानमा रहेका ५ हजार ६ सय कैदीवन्दी रिहा भईसकेका छन्।
बाँकी ४ सय जना गम्भिर प्रकृतीको अपराधमा संलग्न रहेको भन्दै अफगान सरकारले उनीहरुलाई जेलमुक्त नगर्नेै घोषणा गरेको छ। एजेन्सी
Facebook Comments


























