साउन ३१ । बार्सिलोनाबिरुद्ध दुई गोल गरेका बायर्न म्युनिखका थोमस मुलर म्यान अफ दी म्याच चुनिएका छन्।
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा खेलमा बार्सिलोनाबिरुद्ध मुलरले दुई गोल गरेका थिए।
उनले चौथो मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै मुलरले बायर्नलाई पहिलो हाफमा ४–१ ले अघि बढाएका थिए।
उनै मुलरले क्वार्टरफाईनलमा म्यान अफ दी म्याच अवार्ड प्राप्त गरेका हुन्।
अवार्ड प्राप्त गरेपछि मुलरले जितलाई ब्याख्या गर्न निकै कठिन हुने बताए। उनले पछिल्लो नतिजाले टिम निकै राम्रो आकारमा रहेको देखाएको उल्लेख गरे।
उनले टिमका सबै खेलाडी म्याच अफ दी म्याचको लायक रहेको बताउँदै उनले बार्सिलोनाबिरुद्ध उत्कृष्ट प्रर्दशन गरेको बताए।
‘हामीले राम्रो महशुश गरो छौ। अब चुप लाग्नुपर्छ र आफुलाई पुर्नजिवित पार्न आवश्यक छ।’ उनले भने।
‘यो निकै ठुलो बाक्य हो। अर्को खेल हामीले शुन्यबाट सुरु गर्नुपर्छ। यो जितले धेरै अर्थ राख्दैन। अन्य टिमले हाम्रो खेल हेरेका छन्। उनीहरु खुसी छन् वा छैनन्। तर अर्को खेल जित्न हामीले शुन्यबाट सुरुवात गर्नुपर्छ।’ मुलरले भने।
‘यस्तो अवस्थालाई मैले राम्रोसंग बुझेको छु। ठुलो जितपछिको समय निकै कठिन हुने गर्छ।’ मुलरले थपे।
मुलर प्रेरित बायर्नले बार्सिलोनालाई ८–२ ले हराउँदै च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ।
बायर्नले फाईनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासंग खेल्नेछ। एजेन्सी


























