साउन ३० । इजरायल र यूएईबीचमा बिहीवार एक ऐतिहासिक सम्झौता भएको छ। यसमा फिलिस्तानले भने यसको कडा बिरोध गरेको छ।
यो सम्झौताबाट अब इजरायल र यूएईले आपसी सम्बन्ध सामान्य गर्नेछन्। इजरायलले वेस्ट बैंकलाई मिलाउने आफ्नो योजना स्थगित गर्ने बताएको छ।
फिस्तिानले भने यो सम्झौताको कडा बिरोध जनाएको छ। इजरायलले यो सम्झौता गरेर आफूलाई धोक दिएको फिलिस्तानले बताएको छ।
साथै फिलिस्तानले आफ्नो राजदूतलाई पनि फिर्ता बोलाएको छ। यूएई पहिलो यस्तो खाडी देश हो, जसले तेश्रो अरब देश इजरायलसँग राजनीतिक सम्बन्ध स्थापित गरेको छ।
यो भन्दा अगाडि अरबले मिश्र र जोर्डनले इजरायलसँग सम्झौता गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहविार इजरायल र यूएईको बीचमा भएको सम्झौताको घोषणा गरेका थिए।
उनले एक ट्वीट मार्फत यो जानकारी दिएका थिए। यो ऐतिहासिक सम्झौताबाट मध्य पूर्वमा शन्ति स्थापना हुनेछ। एजेन्सी


























