काठमाडौं, साउन ३० । नेपाल प्रहरीमा काठमाडौंका १६५ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रहरी प्रधान कार्यालयमा १३५ र काठमाडौं उपत्यकामा ३० सक्रिय संक्रमित छन्। यस्तै प्रदेश १ मा २४, प्रदेश २ मा ४८, वाग्मती प्रदेशमा ३४, गण्डकीमा १९, प्रदेश ५ मा ४४ र सुदूरपश्चिम प्रदेशमा चारजना सक्रिय संक्रमित छन्। हालसम्म १८७ जना डिस्चार्ज भएका छन्।
पछिल्लो समय प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी पाइएको छ।
Facebook Comments


























