काठमाडौं, साउन ३० । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टर नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालमा कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर दन्तकुमार दासका अनुसार अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो।
संक्रमित हुनेमा डाक्टर एकजना, २ जना नर्सिङ स्टाफ र एकजना हेल्थ असिस्टेन्ट छन्।
त्रिवि शिक्षण अस्पतालमा यसअघि १८ जना डाक्टर नर्ससहितका स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेका छन्। उनीहरु सबै त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा उपचारत रहेको डा दासले बताए।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा.दासको भनाइ छ। ‘आज थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भयो, यसअघि हाम्रो अस्पतालको १८ जना स्टाफमा कोरोना पुष्टि भइसकेको छ,’ डा.दासले भने, ‘उहाँहरु सबै हाम्रै अस्पतालमा आइसोलेसनमा हुनुहुन्छ, सबैको स्वास्थ्य अवस्था सामान्य छ।’


























