डोटी, साउन ३० । डोटीको जोरायल गाउँपालिका-१ कटुन्थलास्थित एनसेलको टावरमा आगो लगाएको अभियोगमा फरार एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका-५ का ४२ वर्षीय कृष्ण बोहरा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरी टोलीले कैलालीको चुरे गाउँपालिका(१ शिवनगर बजार नजिकबाट पक्राउ गरेको हो।
१५ साउन २०७६ मा एनसेल टावरमा भएको आगजनी घटनामा संलग्न अभियोग उनीमाथि छ।
Facebook Comments

























