जुम्ला, साउन ३० । जुम्लामा कोरोना भाइरसको संक्रमण समुदाय स्तर सम्म फैलिन सक्ने खतरा बढ्दै गएको छ। जुम्लाको पूर्वमा पर्ने पातारासी गाउँपालिकाका २३ वर्षिय एक पुरुषमा कोरोना पोजेटिभ देखिएपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाका चारै किल्ला सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।
पातारासीको सबै भन्दा मानिसहरुको भिड पालिकाका विभिन्न स्थानमा विहिबार गरिएको पिसिआर जाँचबाट एकजनामा कोरोना पोजेटिभ देखिएको हो । समुदायस्तरमा कोरोना फैलन सक्ने खतरालाई मध्यनजर गर्दै पातारासीको पूर्वमा गडीगाउँ, पेरे, हुरीमहरी पश्चिममा चन्दननाथ नगरपालिकाको सिमाना राँनागाउँ,उत्तरमा खाली चौर र दक्षिणमा गुठिचौरको सिमाना लेटिलेखको चार किल्लामा अर्को निर्णय नहुन्जेल अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। अर्को निर्णय नहुन्जेल सिल गएिको चारै किल्लामा औषधी पसल बाहेक अन्य कुनैपनि गतिविधि गर्न पाईने छैन्।
शुक्रबार अर्थात आज विहान ६ बजेदेखि अर्को आदेश नभए सम्मको लागि संक्रमण रोग ऐन २०२० को २ ९२० तथा स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको छ।
साउन ६ गते लकडाउन अन्त्य भएता साउन १२ गते जुम्ला कोरोना मुक्त घोषणा भएको थियो। कोरोना मुक्त घोषणा भएको ढाइ हप्ताको अवधिमा जुम्लामा ९ जना कोरोना संक्रीत भईसकेका छन्।


























