साउन ३० । एट्लेटिको मड्रिडलाई हराउँदै आरबी लाइपजिग च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहिबार राति एट्लेटिकोमाथि २–१ को जित निकाल्दै लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम ४ मा प्रवेश गरेको हो।
क्लब स्थापनाको ११ वर्षमा लाइपजिगले यो सफलता हासिल गरेको हो।
ड्यानियल ओल्मोले हेडमार्फत जर्मन क्लबलाई अघि बढाएका थिए। एट्लेटिकोका जोआ फेलिक्सले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।
खेल सकिन दुई मिनेट बाँकी छदाँ टायलर एडम्सले गोल गर्दै लाइपजिगलाई अविश्वसनीय जित दिलाएका थिए।
एट्लेटिको पछिल्लो ६ बर्षमा तेस्रो पटक फाईनल पुग्ने अभियानमा रहेको थियो। तर जर्मन क्लबसंग पराजित हुदै स्पेनिस महारथी क्लब अन्तिम ८ बाट बाहिरिएको छ।
लाइपजिगले अब सेमिफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) संग प्रतिस्पर्धा गर्नेछ।
Facebook Comments


























