चितवन । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये चितवनका १२ सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनका १६ जनामा पनि ९ जना संक्रमित भरतपुरका मात्रै छन्। राप्ती, रत्ननगर र खैरहनीका एक/एक जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ। बिहीबार भएका परीक्षणमध्ये भरतपुर महानगरपालिकाको वडा नं. २, ४, ७ र १०, राप्ती नगरपालिका वडा नं. ९, रत्ननगर नगरपालिका वडा नं. १३ र खैरहनी ८ का स्थानीयमा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन्।
बाँकी संक्रमित भने मकवानपुर, नवलपुर, सर्लाही र तनहुँका एक/एक जना रहेको उनले बताइन्। तनहुँका संक्रमित पुरनो मेडिकल कलेजबाट र बाँकी सबै भरतपुर अस्पतालबाट स्वाब संकलन गरी परीक्षण गरिएका हुन्। सँगै परीक्षण भएका बाँकी ११४ वटा नमुनाको नतिजा भने नेगेटिभ आएको उनले बताइन्।


























