चितवन । भरतपुर अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) बिहीबार रातिदेखि सिल गरिएको छ। साउन २९ गते बिहीबार आकस्मिक कक्षमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अर्को सूचना प्रकाशित नगरूञ्जेलसम्मको लागि बिहीबार राति ८ बजेदेखि लागू हुनेगरी सिल गरिएको भरतपुर अस्पतालले जनाएको छ।
बिहीबार एकै दिन चितवनका १२ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कुल १३० वटा नमुना संकलन भएकोमा १६ जनामा संक्रमण पुष्टि भएको थियो। जसमध्ये भरतपुर अस्पतालबाट स्वाब संकलन गरेका मात्रै १५ वटा नमुनाको नतिजामा कोरोना संक्रमण पुष्टि भएको हो।

Facebook Comments


























